| प्रमुख अथिति जि.शि. अ।.कार्यक्रमलाई सम्बोधन गर्दै । |
वि. सं. २०११ सालमा भकुण्डे वडा नं. २ लामीडाँडा निवासी सुबेदार दिल बहादुर थापाको अगुवाईमा प्रा. वि. तह स्थापना भएको यस भैरव उच्च मा. वि. भकुण्डेले हाल आफ्नो ५५ औ बसन्त पार गरी ५६ औ बार्षिकोत्सव मनाइरहेको छ । अनेककिसिमका उकाली ओरालीहरु अप्ठ्यारा चुनौतीहरु र अवसर एवम् सफलताहरु पार गर्दै यहाँसम्म आउँदा २०३३ सालमा नि. मा. वि. तथा २०४४ सालमा मा. वि. तथा २०६४ सालबाट उच्च मा. वि. समेत गरी हालसम्म विद्यालय संरचनाका ४ तहहरु नै पुरा गरिसकेको छ । उच्च मा. वि. तर्फ २०६४ सालमा शिक्षा संकाय २०६५ सालमा व्यवस्थापन संकाय र २०६७ सालबाट मानविकी संकायसमेतको व्यवस्था गरी अहिले १५८ जना छात्रछात्राहरु अध्यनरत छन् ।
विगतमा छात्राहरुको न्यून उपस्थिति पाइने यस विद्यालयमा अहिले आउँदा कक्षा १ देखी १२ सम्म नै छात्राहरुको भर्नादर बढी भएको स्थिति छ ।







Comments (0)
Post a Comment